
काठमाडौं । देशका अधिकांश पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ । कोशी र मधेश प्रदेश तथा पहाडी भू–भागमा दिउँसो आंशिक बदली रहने छ । बाँकी भागमा मौसम सफा रहने छ ।
पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रको केही भागमा हिमपातको सम्भावना रहेको छ ।



देशमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।