काठमाडौं –नेपाल टेलिकम बलम्वु कार्यालयको आक्रामक ब्यापारनिति अपनाएको छ । कार्यालयले ब्यापार प्रवद्र्धन गर्ने उद्देश्यले NTON WHEEL(NOW)कार्यक्रमलाइ सक्रियताका साथ अघि बढाएको हो । त्यसोत टेलिकमको NTON WHEEL(NOW)कार्यक्रम नेपालभर नै संचालन भइरहेको छ । गत माघ २० गतेबाट शुरु भएको यो कार्यक्रम अन्तर्रगत चन्द्रागिरि नगर क्षेत्रमा नेपाल टेलिकम बलम्वु कार्यालयले बिदाको दिनमा अझ प्रभाबकारी हुने ठहर गर्दै बिभिन्न कार्यक्रहरु संचालन गरिरहेको छ । कार्यालयले आज सावर्जनिक बिदाको दिन पारेर नगर क्षेत्रका बिभिन्न स्थानमा ६/६ जना सदस्य रहेको ४ वटा टोलि परिचालित गरेको छ ।

ति टोलीले नगर क्षेत्रमा व्यापार प्रवद्र्धन,टेलिकमबाट बितरित सेवाको जानकारी,सेवागा्रहिको प्रतिक्रिया र बितरण सहितको सुबिधा दिएका छन ।साथै टेलिकमबाट बितरित प्याकेजका बारेमा जानकारी दिएकाछन । बिभिन्न स्थानमा राखिएका स्टल र कर्मचारी सहितको घरदैलौ कार्यक्रम अन्तर्रगत ति सुबिधा उपलब्ध गराइएका हुन । बिदाका दिन बाहेक अन्य समयमा हप्ताको २ दिन नगरक्षेत्रमा यस्ता स्टल राखिएको र सुबिधा प्रदान गरिएको कार्यालयको भनाई छ ।

पछिल्लो समय नेपाल टेलिकमको सेवा थप परिमार्जीत हुदै गएको,नेटवर्कमा सुधार भएको, गुनासो सुनुवाई र मर्मत संम्भार चुस्त दुरुस्त हुदै गएकाले सेवागा्रहिको पहिलो रोजाइमा नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन, सिमकार्ड, इन्टरनेट पर्दै गएको कार्यालयको दावी छ । बलम्वु कार्यालयबाट संचालित NTON WHEEL(NOW)कार्यक्रम अन्तर्रगतका स्टलबाट FTTH internet साथै टिभि सेटअफ बक्स सिमकार्ड बितरण भइरहेको र ठाँउको ठाँउमा अनलाइन अफिसियल काउण्टरको रुपमा स्थापित गरिएको नेपाल टेलिकम, छाउनी कार्यालय प्रमुख, उपप्रवन्धक सुसन श्रेष्ठले जानकारी दिनुभयो ।

टेलिकमले घरमै बसीबसी टेलिफोन र इन्टरनेट जडान गर्न सकिने सुबिधा पनि उपलब्ध गराएको छ । टेलिकमले १९८ मा कल गरेर गुनासो टिपाउने र जडान गर्नका लागि आग्रह गर्न सकिने सुबिधा उपलब्ध गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय