भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिकअप दुर्घटना हुदा सात नेपाली मजदुरको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाएका नेपाली मजदुरहरूमा ४० वर्षका अनन्तराम चौधरी, ५० वर्षका बिसराम, ४५ वर्षका धिरज, ३८ वर्षका विनोद चौधरी, ५५ वर्षका उदयराम चौधरी, ४५ वर्षका तिलकराज चौधरी, ६० वर्षका गोपाल रहेका छन् ।

दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको हो । गाडीमा सवार दुई नेपाली मजदुर पनि गम्भीर घाइते भएका छन् । गाडीमा ९ नेपाली कामदार रहेको प्रहरीले बताएको छ ।मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेर दुर्घटना भएको हो । खानेपानीको लाइन बिछ्याउने काम सकेर सबैजना फर्कदै गर्दा जीप दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय