काठमाडौं । बागमती प्रदेशको विनाविभागीय मन्त्रीको रुपमा शपथ लिनुभएकी रमा आलेमगरले जिम्मेवारी नपाउँदा अलपत्र जस्तै परेकी छिन् ।

गत चैत १९ गते बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने शर्तमा उहाँलाई मन्त्री बनाइएको थियो । उहाँले मन्त्री पदको शपथ लिएको सात दिन भित्र मन्त्रालयको टुंगो लगाउने भनि सहमति भएको थियो । त्यो सहमतिको आज अन्तिम दिन । तर, यो समाचार तयार पार्दासम्म प्रदेशबाट आफुलाई केही कुनै खबर नआएको विनाविभागीय मन्त्री आलेमगरले OURNEWSCREW.COM लाई बताउनु भयो । उहाँले मन्त्रालयको जिम्मेवारी नहुँदा कुनै पनि सेवा सुविधा नपाएको भन्दै प्रदेश राजधानी हेटौंडा गई बस्ने स्थित नबनेकोले अहिले काठमाडौंमै आफ्नो दैनिकी वितिरहेको बताउनु हुन्छ ।

मन्त्री आलेमगरले बागमती प्रदेश सरकारले हेपेको भान भइरहेको भन्दै भोलि नै पार्टीमा कुरा राखेर आफुले गम्भीर निर्णय लिने पनि बताउनु भयो । उहाँले आफुले मन्त्रीको शपथ लिएको र कुनै जिम्मेवारी नपाउँदा काम गर्ने परिस्थिति पनि बन्न नसकेको उल्लेख गर्नुभयो ।  उहाँ भन्नुहुन्छ, आफुले मन्त्रीको शपथ लिएपछि एउटा गाडी सुविधा मात्र पाएको र क्वाटरको सुविधा नभएपछि बस्न समस्या पर्ने हुँदा हेटौंडा नबसी घर फर्किएको मन्त्री आलेमगर बताउनु हुन्छ । उहाँले अब आफुले मन्त्रालयको जिम्मेवारी पाएपछि मात्र हेटौंडा फर्किने बताउनु भयो ।

यसअघि सरकारले आफुलाई हेपेको भन्दै मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने भन्दै हेटौंडा जान आनाकानी गरेपछि मन्त्री नियुक्त गरिदिने शर्तमा प्रदेश सभा बैठकमा बोलाइएको थियो । सत्ता टिकाउनकै लागि भएपनि आलेमगरलाई त्यही दिन मन्त्रालयको जिम्मेवारी पछि तोकिने भन्दै मन्त्रीमा नियुक्त गरिएको थियो । आलेमगर काठमाडौं निर्वाचन क्षेत्र नम्बर १०(ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय