जनकपुर- मिटरब्याज पीडितसँग उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको छलफल गरेका छन् ।प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा रहेका मन्त्री लामिछानेले पीडितसँग छलफल गरेका हुन्। । छलफलमा मन्त्री लामिछानेले समस्याको दीर्घकालिन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन आयोगले पुनः माग्ने र घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने आश्वासन दिएका छन ।

घटना विशेष अध्ययन गरी आयोगले निश्कर्ष दिने भएकाले केही समय धैर्य गर्न पनि आग्रह उनको थियो । छलफलमा पीडित पक्षले साहुकारको एकलौटी दाबीका आधारमा दायर रिटअनुसार अदालतको आदेश मुताविक आफूहरुमाथि भइरहेको धरपकड रोक्न माग गरेका छन । पुरानो आयोगले समय अभावका कारण टुंग्याउन नसकेका निवेदन नयाँ आयोगलाई हस्तान्तरण गरिनुपर्ने माग समेत उनीहरुले राखेका छन । पुराना निवेदन उपर कारबाही प्रक्रिया अगाडि बढाउने बहानामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकीले पीडितको इच्छा बेगर जबरजस्त मिलापत्र गराउने काम भइरहेकोबारे पनि उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय