
हङकङमा एउटा आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । आज बिहान कोलूल जिल्लाको व्यस्त क्षेत्रमा रहेको १६ तले भवनमा आगो लागेको हो । घटनामा अन्य ३५ जना घाइते भएका छन । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । घाइतेहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
भवनमा रहेको एउटा जिमबाट आगलागी सुरु भएको चिनिया सञ्चारमाध्यमले जनाएका छन । सुरक्षाकर्मीले भवनबाट करिब १५० जनालाई सुरक्षित निकालेको छ । ति मध्ये ४० जनालाई भने अस्पताल भर्ना गरिएको छ । घटनाबारे अनुसन्धान भैरहेको बताइएको छ ।


