
सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल मंगलबार नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्रीको शपथ लिएका हुन् । मुख्यमन्त्री कँडेलले आज प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ लिएसँगै केही समयमा मुख्यमन्त्रीको पदभार ग्रहण गरेका छन् ।


