काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पछिल्लो समय राजनीतिमा विकृति बढेको बताउनु भएको छ ।
गंगादेवी थपलियाको जीवन यात्रा लोकार्पण समारोहमा लिङदेनले अहिलेको राजनीति ओढ्ने, ओछ्याउने व्यवसाय र छोराछोरी पाल्ने पेशा बनाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । नेताहरुले राजनीतिलाई घिनलाग्दो रुपमा प्रयोग गरेकोले पछिल्लो समय यूवापुस्ताहरु राजनीतिप्रति वितृष्णा पैदा हुँदै गएको उल्लेख गर्नुभयो । उहाँले राजनीतिलाई पेशा नभई सेवाको रूपमा अवलम्बन गर्नुपर्ने सुझाव दिनुभयो ।