काभ्रे- काभ्रे जिल्लाको रोशी गाउँपालिका–५ नागवेलीमा घरको आगनमा बम राखी करोडौंको बुद्धचित्त मालाको बोट फडानी गरेको छ । रातको समयमा अपरिचित समुह आएर स्थानीयको तीन घरमा बम राखी बुद्धचित्त मालाको रुख काटेको हो । गएराती स्थानीय ठाकुरानी तामाङको हरेक वर्ष करोडौंमा बिक्री गर्दै आएको मालाको रुख अपरिचित समूह आइ काटेर फरार भएका छन् ।

तीन घरको आगनमा पाँच वटा बमजस्तो देखिने वस्तु राखेका छन् । घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेका छन् । नेपाली सेनाले बम डिस्पोज गर्ने तयारी गरेका छन । आर्थिक वर्ष २०७९०८० मा उक्त बुद्धचित्त माला ९० लाखमा बिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय