सुनसरी- वराहक्षेत्रस्थित प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्से पूर्ण महाकुम्भ मेलाको प्रथम कुम्भ शाही स्नान अजा सम्पन्न गरेको छ । आज विहान बाजा गासहित वराहक्षेत्र मन्दिरको कोका कौशीकी संगममा पुगेर महास्नान गरिएको हो ।

शाही स्नान गर्न चतराधाम बाट सयौको संख्यामा बाजगाजा सहित भजन किर्तन गर्दै स्नानमा जगत गुरु बालसन्त मोहन शरण देवाचार्य तथा भारतका धर्म रत्न गोपाल शरण देवाचार्य, वराहक्षेका नगर प्रमुख रमेश कार्की, उप प्रमुख नन्द कुमारी सुनुवार, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सहित शाहि स्नानमा धर्माचार्य, सन्तमहन्त, पीठाधीश, मठाधिश, विद्वान, विदुषि, विशेष व्यक्तित्वहरु लगायत कोका कौशीकी संगममा महास्नान गरिएको छ ।

महास्नान गर्न अघिल्लै दिन कुम्भ नगरी चतरा धाममा आइपुगेका मानिसहरुले कोका कौशीकी संगममा विधि विधान पूर्वक महास्नान गरेका छन् । चैत्र २७ गतेदेखि वैशाख २८ गते सम्म लाग्ने कुम्भ मेलामा मुख्य पाँच स्नान रहेका छन् । पहिलो स्नान कुम्भ प्रारम्भको दिन चैत २७ गते गरिएको छ भने प्रथम कुम्भ स्नान २०८१ वैशाख १ गते गरिको छ । महिना दिन सम्म लाग्ने महाकुम्भ मेलामा पाँच दिन कुम्भ स्नानका विषेश दिनहरु रहेका छन् ।

कुम्भमा नुहाए अक्ष प्राप्ति हुने मान्यता रहेकाले मानिसहरु देश विदेश बाट कुम्भ स्नान गर्न चतरा धाम आउने गरेको कुम्भ मूल आयोजक समितिले जनाएको छ । कुम्भ प्रारम्भ महास्नान चैत २ गते, प्रथम कुम्भ महास्नान बैशाख १ गते, द्धितीय कुम्भ महास्नान बैशाख ११ गते कुम्भ नगरी क्षेत्रमा रहेको सप्तकोशी नदीमा विधिपूर्वक स्नान गरिने भएको छ ।

त्यस्तै तृतीय कुम्भ महास्नान बैशाख २६ गते मातातीर्थ औशीको दिन र बैशाख २८ गते कुम्भ समाप्ति स्नान हुने कुम्भ मूल आयोजक समितिका सुरेन राईले जानकारी दिए । नेपालमा एक र भारतका चार गरी जम्मा पाँच स्थानमा लाग्ने गरेको कुम्भ मेला नेपालमा सुनसरीको बराहक्षेत्रस्थित चतरामा लाग्दै आएको छ ।

विश्वको सबैभन्दा ठुलो धार्मिक मेलाको रुपमा सनातन हिन्दु धर्मलम्बीहरुले लिने गरेको कुम्भ मेलामा लाखौँ मानिसहरुको जमघट हुने बताइएको छ । प्राचीन हरिद्वारका नामले समेत चिनिने चतराधाममा २०५९ सालेखि कुम्भको आयोजना हुँदै आएको छ । चतरामा प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र बाह्र वर्षमा पूर्ण कुम्भ मेला लाग्ने गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय