
काठमाडौं । वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको जात्रा आजबाट सुरु भएको छ । जात्राको पहिलो दिन मछिन्द्रनाथको रथलाई जमलको तीन धाराबाट असन लगिएको छ ।
असल पुर्याइएको रथलाई दोस्रो दिन हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोल, चौथो दिन लगनमा रथ घुमाइने छ । पाँचौँ दिन मछिन्द्रनाथको मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म लगिने छ ।



राष्ट्रपति रामचन्द्र पौडेलले आज मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण गर्नुभएको थियो ।