गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्‌मा जिम्मेवारी बाँडफाट गरेका छन्। उनले चैत २५ गते बिनाविभागीय मन्त्री बनाएका माओवादी केन्द्रमा हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ लाई क्रमशस् अर्थ र भौतिक योजना मन्त्रालयको जिम्मेवारी सुम्पेका छन्। शनिबार बिहान बसेको गण्डकी मन्त्रिपरिषद्‌को बैठकले यो निर्णय गरेको हो।

‘निर्णय प्रदेश प्रमुखकहाँ गएको छ, आएपछि भनुँला,’ गण्डकी सरकारका प्रवक्तासमेत रहेका मन्त्री चुमानले भने, ‘मेरो जिम्मेवारी पनि त्यसपछि थाहा हुन्छ।’शुक्रबारलाई डाकिएको बैठक कांग्रेसले बहिष्कार गरेपछि मुख्यमन्त्री अधिकारीले यो निर्णय लिएका हुन्।

सभामुख कृष्ण धिताललाई समेत जोडेर बहुमत पुर्‍याएका मुख्यमन्त्रीको नियुक्ति नै अवैधानिक भन्दै कांग्रेसद्वारा दायर रिटमा सर्वोच्च अदालतले ‘काम चलाउ’ घोषणा गरेका मुख्यमन्त्री अधिकारीले सो निर्णय गरेका हुन्। हाललाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न भनेको सर्वोच्चले मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दा सुनुवाइ गर्ने यही वैशाख १० गतेलाई पेसी तोकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय