गुल्मी- गुल्मीको छत्रकोट गाउँपालिकामा आयोजना गरिएको उखु महोत्सवबाट उखु किसानहरु उत्साहित बनेका छन । उखकोउत्पादनलाई थप व्यावसायिक बनाउँदै त्यसको प्रवद्र्धन र विकासका लागि गाउँपालिकाले वडा नं ४ अन्र्तगत दिगामा एक दिने उखु महोत्सवको आयोजना गरेको छ ।

पालिकालाई उखुमा आत्मनिर्भर बनाउनका लागि आयोजना गरिएको महोत्सवमा पराम्परागत शैलीमा गोरुको प्रयोगगरि उखु पेल्ने, खुदो र विभिन्न परिकार बनाउने कार्यका अतिरिक्त उखुको रसवाट उत्पादित सामग्रिहरुलाई प्रर्दशनीमा राखिएको थियो । महोत्सवमा स्थानीय जातको सेतो कोसेर, रातो कोसेर, कालो कोसेर,
जस्ता विभिन्न उखुका परिकार प्रदर्शन गरिएको थियो । गाउँपालिकाको वडा नम्बर ४ स्थीत दिगाममा पहिलो पटक सञ्चालन गरिएको महोत्सवमा उखुको महत्व र त्यसको उपयोगिताको बारेमा विभिन्न गीत र साँस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय