काठमाडौं । गोर्खाको वीरेन्द्र हिमताल फुटेको छ ।

चुमनुब्री गाउँपालिका–१ मा रहेको हिमताल मनास्लु हिमालको बेसक्याममा हिमपहिरो गएर वीरेन्द्र तालमा मिसिएपछि ताल फुटेको हो ।

हिमताल फुटेपछि ठूलो बाढी आएको छ । बाढीले एउटा काठको पुल बगाए पनि मानवीय क्षति भने भएको छैन । बाढी बुढीगण्डकीमा मिसिने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय