
तेह्रथुम । तेह्रथुममा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
लालीगुराँस नगरपालिका–५ दागपामा गएराति साढे ७ बजे स्थानीय कालुबहादुर लिम्बुका ८ वर्षीय छोरा सुदीप लिम्बुको मोबाइल चार्ज गर्दा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको हो ।



गम्भीर घाइते भएका बालक उपचारको लागि तेह्रथुमको जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।