सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर एकआपसमा ठोक्किँदा १० जनाको ज्यान गएको छ। हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएका थिए। यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार रहेको छ।

बीबीसीका अनुसार हालसम्म उक्त दुर्घटनामा कोही बाँचेको जानकारी प्राप्त भएको छैन। दुर्घटनामा परेका एउटा हेलिकप्टरमा ७ र अर्कामा ३ जना सवार थिए।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय