काठमाडौं । काभ्रेबाट बनेपा आउँदै गरेको सुमो दुर्घटना भएको छ ।

काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका – ५ मुलाबारीमा बुधबार बिहान दुर्घटना भएको हो ।दुर्घटनामा परी चालकसहित १० जना घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको छ । घाईते मध्ये तीनजना महिलाको अवस्था जटिल रहेको बताइएको छ । आठ महिला र दुईजना पुरुष सवार सुमो अनियन्त्रित भइ सडकबाट करिब ३२ मिटर तल खसेकोे हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय