काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा सकिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, प्रकाशमान सिंह राउत, कुमार रेग्मी र प्रकाशकुमार ढुंगाना सम्मिलित संवैधानिक इजलासमा सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

सशस्त्र जनयुद्धको समयमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरिएको घटनामा अर्जुनकी पत्नीले सापकोटाविरुद्ध किटानी जाहेरी गर्नुभएको थियो ।

सर्वोच्च अदालतले मुद्दाको सुनुवाई जेठ २३ गते गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय