काठमाडौं । उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन कार्यतालिकाअनुसार गएराति १२ बजेबाट प्रचारप्रसार गर्न पाइने छैन ।

निर्वाचन आयोगकाले मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मौन अवधि सुरु हुने र त्यस समयमा प्रचार गर्न नपाइने जानकारी दिएको छ । उमेदवारले एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाउने छैन ।

बैशाख १५ गते इलाम–२ र बझाङ १ (१) मा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय