काठमाडौं । सवारी चालक समाजका अध्यक्ष नारायण पन्तले त्रिभुवन राजपथ बन्द गर्ने चुनौति दिनुभएको छ ।

सगुन कन्स्ट्रक्सनले बिगत ६ महिना देखि २ सय श्रमजीविको पारिश्रमिक नदिएको र श्रमजीविमाथिको ज्यादतीविरुद्ध चर्कोरुपमा आवाज उठाउने चेतावनी दिनुभएको हो । नागढुंगा–मुगलिङ्ग सडक खण्डको स्तर उन्नति एवम् सडक चौडा पार्ने जिम्मा पाएको सगुन कन्स्ट्रक्सनले २ सय मजदुरको दैनिक ज्याला करिब ६ महिना बितिसक्दा पनि भुक्तानी नदिएपछि मजदुरहरु आन्दोलित भएका हुन् ।

अध्यक्ष पन्तले बैशाख १८ गतेसम्म मजदुरहरुले पारिश्रमिक नपाए सम्पूर्ण मजदुरसहित आफुहरु सडकमा उत्रने र राजपथ बन्द गर्ने बताउनु भयो । उहाँले पारिश्रमिक दिन सगुन कन्स्ट्रक्सनलाई बारम्बार ताकेदा गर्दा पनि वेवास्ता गर्दै आएको जानकारी गराउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय