हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालिन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इञ्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट इञ्जिनियर हर्कधन बुढाले सडक निर्माणमा भएको काम भन्दा बढी मूल्यांकन गरि भुक्तानी गरेको आरोप लागेको छ । उहाँहरुले २ लाख २२ हजार ५ सय ३ रुपैयाँ नगरेको कामको बढी भुक्तानी लिएको अख्तियारले जनाएको छ ।

साथै अख्तियारले निर्माण उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी, कोषाध्यक्ष पुनी ऐडी र चंखेली गाउँपालिका–३ का तत्कालिन वडा अध्यक्ष सालिग्राम ऐडीलाई समेत विपक्षी बनाई मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय