काठमाडौं । स्वास्थ्य सुबिधामा नगरबासीको सहज पहुँच पुर्याउने उद्देश्यले चन्द्रागिरि नगरपालिकाले निर्माण गर्न लागेको १५ शैयाको नगर अस्पतालको काम सुरु नै हुन सकेको छैन ।

चन्द्रागिरि नगरपालिकाले वडा नम्वर–४ थानकोट गोदामचौरमा रहेको २३ रोपनी जग्गामा नगर अस्पताल निर्माण गर्ने भनि २०७९ फागुन २१ गते बोलपत्र आह्वान गरिएको थियो । २०८० असार २० मा चन्द्रागिरि नगरपालिका र निर्माण कम्पनी एम.ए. कन्स्ट्रक्सन प्रालीबीच दुई वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्वीपक्षीय सम्झौता गर्यो । सम्झौता भएको ७ महिनापछि नगरपालिकाले नगर अस्पताल बन्दै छ भनि सन्देश दिनकै लागि २०८० माघ ३ गते नगर अस्पतालको शिलान्यास धुमधामका साथ गर्यो । तर, शिलान्यास भएको तीन महिना वितिसक्दा पनि शिलान्यास भएको खाल्डो बाहेक अर्को खाल्डोसम्म खन्ने काम भएको छैन । सम्झौता भएको १० महिना वितिसक्दा पनि ठेकेदार कम्पनीले काम सुरु नगर्दा नगरपालिकाले भने कुनै दबाब दिन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय