रौतहट- राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली काग्रेंसका नेता मोह्मद आफताब आलमलाई रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । २०६४ चैत्र २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम विष्फोट परी घाइते त्रिलोक प्रताप सिंह र ओशी अख्तर लगायतकाहरु लाई इटा भट्टामा जलाएको आरोपमा जिल्ला अदालतले आज आदेश सुनाएको हो ।
रौतहट जिल्ला अदालतको १ नम्बर इजलासका न्यायाधीश मातृकाप्रसाद आचार्यले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी कसुरमा मोह्मद आफताब आलम, उनका भाइ महताब आलम, शेख सेराज र बद्री सहनीलाई साविक मुलिकी एन बमोजिम जन्मकैदको फैसला सुनाएको हो । घटना अर्का अभियुक्त मुक्ति साहलाई अभियोग दाबीबाट अदालतले सफाई दिएको छ ।
काग्रेसका पुर्व मन्त्री आफताब आलम विरुद्धको मुद्दामा विगत तीन दिन देखि जारी बहस आज सकिएको थियो । सोमबार देखि जारी रहेको बहसका क्रममा वादीका तर्फबाट सहायक सरकारी वकिल दयानिधी रिजाल, बद्री कार्की, पुष्पराज पौडेलले बहस गरेका थिए ।त्यस्तै प्रतिवादीका तर्फबाट नेपाल बारका केन्द्रिय अध्यक्ष गोपाल कृष्ण घिमिरे, यदुनाथ खनाल, अजय पटेल, मजरुल हक, सन्जिव मल्लिक, साबिर हुसैन सहित ९ जनाले बहस गरेका थिए ।
त्यसै गरी यसै मुद्दाका शेख फजले, मोह्मद मोबिन, गौरी शंकर साह, शेख भदै, शेख मालाकार र सागीर आलमको हकमा मुद्दा मुल्तवीमा राखिएको जिल्ला अदालत गौरका श्रेष्तेदार उद्धव डोढारीले बताए ।आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी कसुरमा गरी तिन वटा मुद्दा दायर गरिएको थियो । २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्तर सहित अन्य घाइतेहरुलाई जिउदै इटा भट्टामा पोलेको आरोपमा पक्राउ परेका क्षेत्र नं. २ का सासंद आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय