काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र झन्डै डेढ करोड रुपैयाँसहित सातजनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पक्राउ परेकालाई सार्वजनिक गर्दै पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो । पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका –३ टाँटेका ४७ वर्षीय गणेशदत्त बडू,आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल हुन् । यस्तै भारत महाराष्ट्रका अमोल विभुते,ऋषिकेश प्रकाश विभुते र गणेश सतिश बाल्टे पक्राउ परेको प्रहरीले जानकारी गराएको हो । उनीहरूको साथबाट सुन जस्तो देखिने पहिलो धातु ९ थान, (तौल १ हजार ७६८ ग्राम) ,१ करोड ४३ लाख ६० रुपैयाँ नगद बरामद भएकोे छ । सुन बिक्रीवितरण गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

 

विशेष सूचनाको आधारमा कार्यालयको टोलीले अवैध सुन, नगदसहित सातजनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय