काठमाडौं । प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नं. २ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नं. १ (१) मा निर्वाचन भइरहेको छ ।

मतदाता परिचयपत्र, राष्ट्रिय परिचय पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, प्यान कार्ड, सवारी चालक अनुमतिपत्र मध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाइने छ ।

नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त स्थानका लागि इलाम–२ र कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त बझाङ–१(१) मा निर्वाचन भएको हो

प्रतिनिधि सभातर्फ इलाम–२ मा १९ र प्रदेश सभातर्फ १ (१) मा ११ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । इलाम–२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । बझाङ–१ (१) ६१ हजार ७ सय ४८ जना मतदाता रहेका छन् ।

स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मजबुत बनाइएको बताएको छ । आयोगले मतदातालाई निश्चिन्त भएर मतदान गर्न आग्रह गरेको छ । मतदान विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय