
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका लागि शिक्षक माग गरेको छ । आयोगले सूचना प्रकाशन गर्दै सातै प्रदेशमा विभिन्न समूहका लागि विज्ञापन खुला गरेको हो ।
खुला, दलित, महिला, मुस्लिम महिला, आदिवासी जनजाति, अपाङ्गता, पिछडिएको क्षेत्र र मधेशी, आदिवासी जनजाति, पिछडा वर्ग वा अल्पसंख्यक समुदायका लागि विज्ञापन खुलाएको छ । ४ हजार ४ सय ६२ शिक्षक माग गरेको आयोगले सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार १ सय ३ जना माग गरेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले जेठ १३ गतेसम्म आवेदन दिनसक्ने आयोगले जनाएको छ ।



विज्ञापनको विस्तृत विवरण आयोगको वेवसाइड www.tsc.gov.np मा गई सूचना/विज्ञापन प्राप्त गर्न र हेर्न सकिने छ ।