
मल्लकालिन समयमा यही छेमडोल भन्ने बिभागले नै ठुला ठुला मन्दिर, देवल, सतल, पाटी, पौवा बाटो, घाटो, पुल पुलेसा जस्ता संरचनाहरुको निर्माण गर्दै थियो ।
त्यस बखत घरकाज अड्डाले प्रधानमन्त्री, रोल क्रममा रहेका राणाका सन्तानहरु अनि श्री ५ को दरबारको निर्माण सम्बन्धी सम्पूर्ण काम गर्दथ्यो । यो घरकाज अड्डा प्रधानमन्त्रीको मातहतमा रहन्थ्यो । यही अड्डाले १९५९ मा श्री ३ चन्द्र शमशेरको पालामा सिंहदरबारको निर्माण कार्य १८ महिनामै सम्पन्न गरेको थियो ।त्यस बखत यस घरकाज बिभागका प्रमुख इञ्जिनियर क.क.कुमार नरसिंह, क.क.किशोर नरसिह, क.क.डिल्लीजंग थापा र ले.क.नरबहादुर कार्की भएका थिए ।



राणाकालिन समयमा काठमाडौं बाहिर मोफसलमा निर्माण कार्य गर्नको लागि ‘पब्लिक वर्क्स’ भन्ने विभाग थियो । यही विभागले नेपाल अधिराज्यभर गर्नुपर्ने निर्माणका कार्यहरुको व्यबस्थापन गर्दै थियो ।
काठमाडौं उपत्यका भित्र सार्वजनिक निर्माणको कार्य गर्नको लागी ‘छेमडोल’ भन्ने विभाग थियो । यो मल्लकालिन नेवारे राजाहरुको पालादेखि नै निर्माण कार्य हेर्ने एउटा शक्तिशाली बिभाग थियो । मल्लकालिन समयमा यही छेमडोल भन्ने बिभागले नै ठुला ठुला मन्दिर, देवल, सतल, पाटी, पौवा बाटो, घाटो, पुल पुलेसा जस्ता संरचनाहरुको निर्माण गर्दै थियो । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकालाई गोर्खा राज्यामा विलय गराएपछि यही छेमडोल बिभागमार्फत् नै पूर्वाधार विकाशका कार्यलाई निरंतरता दिएका थिए ।
राणाकालिन समयमा काठमाडौं बाहिर मोफसलमा निर्माण कार्य गर्नको लागि ‘पब्लिक वर्क्स’ भन्ने विभाग थियो । यही विभागले नेपाल अधिराज्यभर गर्नुपर्ने निर्माणका कार्यहरुको व्यबस्थापन गर्दै थियो । त्यस बखत यस विभागमा इञ्जिनियरहरु क.सूर्यजंग थापा, ज्यानबहादुर प्रधान, कुलरत्न तुलाधर, विष्णुबहादुर कार्की थिए । पछि छेमडोल र पब्लिक वर्क्स विभागलाई गाभेर ‘मधेस–पहाड बनाउने अड्डा’ भनेर नामाकरण गरियो । घरकाज विभाग बाहेक अरु निर्माण सम्बन्धी अड्डाहरु तालुकवालाहरुको माताहतमा थिए ।
त्यसबखत निर्माण कार्य गर्नको लागी प्राविधिक र प्रशासनिक गरी ३ फाँट थिए । लगत स्टिमेट बनाउने फाँट, त्यसलाई चेक गर्ने फाँट, स्वीकृत लगत स्टिमेट बमोजिम काम तामेल भए नभएको जाँच्ने फाँट यी फाँटहरु छुट्टाछुट्टै भएको हुँदा एकले अर्कोको निगरानी गरिरहन्थ्यो । जसको कारण कसले गल्ती गरेको हो तुरुन्तै पत्ता लागिहाल्थ्यो ।
पानी अड्डा, बिजुली अड्डा, टेलिफोन अड्डा, रोपवे अड्डा, रेल अड्डा, खानी अड्डा तालुक वालाहरुको मातहतमा रहेको थियो । पानी अड्डाको हाकिम क.इन्द्र बहादुर बस्नेत थिए । नहर तर्फका इञ्जिनियरहरु नरमदन थापा, कतार शिह गर्च र मेदिनी नाथ भट्टराई थिए । बिजुली अड्डामा बेलायतका नागरिक चिफ इञ्जिनियर मि. किलवरन र अन्य इञ्जिनियरहरु क.हेम शमशेर थापा, क.यज्ञबहादुर बस्नेत थिए भने मि.सु.काशीराज पाँडे र भारत बहादुर प्रधान पनि कार्यरत थिए । रेल अड्डाका म्यानेजरमा ले.क.बाल नर्सिह रायमाझी र पुष्प भक्त मल्ल थिए । सरदार टेकजंग थापा, मेजर रेख बहादुर रायमाझी पनि यसै विभागमा कार्यरत थिए । खानी अड्डामा क.खड्ग नरसिंह राणा थिए ।
यी अड्डाका तालुकवालाहरु जनरल पदमशमशेर (पछि श्री ३ भए)
जनरल प्रचण्ड शमशेर, जनरल कृष्ण शमशेर, जनरल एकराज शमशेर, जनरल सूर्य शमशेर र मेजर जनरल सुरेन्द्र शमशेर भएका थिए । यिनै तालुकवालाहरुको आदेश र अर्हन खटनमा नेपाल अधिराज्यको पूर्वाधार निर्माण कार्य हुन्थ्यो । त्यसबखत निर्माण कार्य गर्नको लागी प्राविधिक र प्रशासनिक गरी ३ फाँट थिए । लगत स्टिमेट बनाउने फाँट, त्यसलाई चेक गर्ने फाँट, स्वीकृत लगत स्टिमेट बमोजिम काम तामेल भए नभएको जाँच्ने फाँट यी फाँटहरु छुट्टाछुट्टै भएको हुँदा एकले अर्कोको निगरानी गरिरहन्थ्यो । जसको कारण कसले गल्ती गरेको हो तुरुन्तै पत्ता लागिहाल्थ्यो । लगत स्टिमेट बनाउने, घटीबढी लगत गरेको निहारेर हेर्ने र जाँच पास गर्ने भिन्दा भिन्दै इकाई हुँदा त्यसबाट गल्ती तुरुन्त पत्ता लाग्दथ्यो । कमिसन खाएको, कमसल काम गरेको, ढिलासुस्ती गरेको प्रमाण फेला परे मेजै पुर्याएर सजाय दिने हुँदा कुनै कर्मचारीले बदमासी गर्ने साहस गर्दैन थिए । जसको कारण त्यस बखतका सार्वजनिक निर्माण कार्यहरू कम लागतमा गुणस्तरीयता सहित समयमै सम्पन्न हुन्थे ।
लेखक : नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्य हुनुहुन्छ ।