गुल्मी – गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १२ जना घाइते भएका छन् ।लिम्घाको मौरीओडार स्थित शाहाघाट लिम्घा भित्री सडक खण्डमा रुद्रवेणी बाट मलामी लिएर लिम्घा तर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जीप गए राति दुर्घटना हुँदा स्थानीय ७५ बर्षीय मन बहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिएका छन।

दुर्घटनामा सत्यवति ५ का ३१ बर्षका कृष्ण थापा, वडा नं ४ का ३५ बर्षका यस बहादुर बुढाथोकी, ४० बर्षका खेमु श्रीस, ६० बर्षका दुर्गा बहादुर राना, ३१ बर्षका भुपेन्द्रदेव खप्तरी थापा, ५३ बर्षका पदम बहादुर बुढाथोकी, ३१ बर्षका भरत बुढाथोकी, २६ बर्षका मिलन राना, २६ बर्षका ठग बहादुर बुढाथोकी, ३४ बर्षका घनश्याम बुढाथोकी, ५६ बर्षको चिन बहादुर राना र चालक २९ बर्षका शंकर बिक घाइते भएको प्रहरी नायव उपरीक्षक पोख्रलले बताए ।

घाइतेहरूको शरिरका विभिन्न भागमा चोट लागेको छ । घाइते चार जनाको पाल्पा र अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडीको ब्रेक फेल भएर सडकदेखि ४० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय