
काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएपछि नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई तीन वर्ष कैदको फैसला सुनाइएको छ । विशेष अदालतले न्यौपानेलाई २५ करोड ६९ लाख ७५ हजार रुपैयाँ जरिवानासहित तीन वर्ष कैदको फैसला सुनाएको हो ।
न्यौपानेले १२ करोड ८४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको भन्दै गत चैत २५ गते अदालतले दोषी ठहर गरेको थियो । अदालतले बिगोको दोब्बर २५ करोड ६९ लाख ७५ हजार जरिवानाको निर्णय गरेको हो ।


