काठमाडौं । गुल्मीको रिडी–तम्घास सडकखण्ड बन्द हुने भएको छ । सडक स्तरोन्नति गर्ने क्रममा ढुंगा फोर्नुपर्ने र ग्रेड मिलाउनुपर्ने हुँदा आजदेखि जेठ १५ गतेसम्म एक महिना बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने बताएको छ ।

जिप्रकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय