काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्बुमा रोकिराखेको एक मिनि बसमा आगलागि भएको छ ।
बा ३ ख ६१७३ नम्बरको मिनिबसमा सोमबार बिहान आगलागी भएको हो । नेपाल प्रहरी, स्थानीय, चन्द्रागिरि नगरपालिकाको दमकल, नगरप्रहरीको सहयताले आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट बस पूर्णरुपमा क्षति भएको छ । नगरकार्यपालिकाको भवनबाट करिव ३ सय मिटर दुरिका बिगत करिव डेढ वर्ष देखि सडक छेउमा पार्किङ गरेर राखिएको बसमा के कति कारणले आगो लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।