बारा जिल्लामा सवारी दुर्घटनामा बृद्धी भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढ बाराका अनुसार पछिल्लो ३ वर्षको तथ्याड्ढले दुर्घटनाको डर लाग्दो तथ्याँक देखाएको हो ।

आर्थिक बर्ष ०७५÷७६ मा जिल्लामा १ सय ९ सवारी दुर्घटनामा ८८ जनाको मृत्यु भएको छ, भने ०७६÷७७ मा १ सय ८५ सवारी दुर्घटनामा परी १ सय ९ जनाले ज्यान गुमाएका छन् ।

यस्तै आर्थिक बर्ष ०७७÷७८ मा ५ सय ७९ सवारी दुर्घटनामा परी १ सय ७८ जनाले ज्यान गुमाउँन बाध्य भएका छन् । यो संख्या आर्थिक वर्ष ०७६÷७७ को सवारी दुर्घटनामा भन्दा २१२.९७ प्रतिशतले बढि हो भने मानिसको मृत्युमा यो पल्ट ७१.५५ प्रतिशतले बढि हुन आएको हो ।

मानिसमा जनचेतना भएको तर कानुन कार्यन्वयन फितलो भएका कारण सर्वसाधारणले मनपरि गर्ने प्रबृति बढ्दै गएपछि दुर्घटनाको संख्यामा बृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरिक्षक बिपिन ओझाले बताए ।

यस चालु अर्थिक बर्षको असोज सम्मको तथ्याँक अनुसार ६ महिनामा १ सय ९८ दुर्घटनाबाट ५६ ले ज्यान गुमाईसकेका छन् । बारामा प्रतेक आर्थिक वर्षमा करिब १०० जना सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् जसमध्य मोटरसाईकल बढी दुर्घटना हुने गरेको छ भने कार, जिप र बस दुर्घटनाका कारण धैरैले ज्यान गमाएको तथ्याँकले देखाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा निजगढले सवारी दुर्घटना बढ्नुको मुख्य कारण जिर्ण सडक र तिर्ब गति रहेको जानकारी दिएको छ । ट्राफिक नियमको पालना नगरी असवधानि पुर्वक सवारी चलाउँदा बढि दुर्घटना भएको ट्राफिक प्रहरी निरिक्षक ओझाले बताए ।

यसरी सवारी दुर्घटनाको संख्यामा बृद्धि भएपछि जिल्ला ट्राफिक कार्यालय बाराले दुर्घटना न्युनिकरण गर्न आफ्नो मातहतका सबै स्थानमा चेकजाँचलाई निरन्तरता दिन निर्दसन गरेको छ ।

हाल ट्राफिक प्रहरीले आफ्नो मातहतका विभिन्न उपकरणको (रडार गन, ब्रेथलाईजर) सहित चेकजाँच गर्ने गरेको र यसबाट दुर्घटना न्युनिकरण हुने आशा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय