
इलाम । इलाम–२ प्रतिनिधि सभा सदस्यमा सुहाङ नेम्बाङ विजयी भएका छन् । नेम्वाङका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका हुन् ।
नेम्वाङले २७ हजार ७ सय ७२ मत पाउँदा खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरे । स्वतन्त्र उम्मेद्वार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत पाउँदा रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत मात्र पाए ।



६९ हजार ३ सय ७४ मत खसेकोमा ९ सय २ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।