काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले बैशाख २१ गते विश्वासको मत लिने सहमति गरेको हो । संयुक्त बैठकले नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा,भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिने सहमति गरेको छ । सहमति अनुसार आजै नाउपा प्रदेश सभा सदस्य टीका थापालाई मन्त्रीमा नियुक्त गरेर सपथ ग्रहण गराउने समझदारी भएको छ । एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय