
काठमाडौं । रक्तदान जीवन दान भन्ने नाराका साथ ईटाखेल सरोकार समाजले बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
चन्द्रागिरि नगरपालिका–७, ईटाखेलले दोस्रो पटक मिति २०८१-०१-२२ गते शनिबार रक्तदानको कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवा, काठमाडौंको प्राविधिक सहयोगमा हुन लागेको रक्तदान कार्यक्रम प्रभात माध्यमिक विद्यालय चेकपोष्टमा हुनेछ ।



समाजका अध्यक्ष कपिन्द्र महतले रक्तदान जस्तो ठूलो अर्को दान नभएकोले यो महान कार्यलाई सफल बनाउन सबैलाई सहभागी जनाई दिनहुन अनुरोध गर्नुभयो । उहाँले कुनै व्यक्ति जीवन मरणको अवस्थामा पुग्दा तपाई हाम्रो सानो सहयोगले उसको जीवन जोगिन्छ भने त्यस्तो सहयोग गर्नु सबैको कर्तब्य भएको बताउनु भयो । उहाँले रगत दान गर्न चाहने व्यक्तिले सम्पर्क राखी नाम टिपाउन पनि अनुरोध गर्नुभयो ।