काठमाडौं । मे १, विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।

मजदुर आन्दोलनको सम्झनामा श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउने र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा यो दिवसलाई लिइन्छ ।

प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यो वर्ष मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान भन्ने नाराकासाथ विश्व मजदुर दिवस मनाइँदैछ ।

नेपालमा पनि विभिन्न मजदुर संगठनले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ । वि.सं. २००७ मा मजदुर आन्दोलनसँगै नेपालमा यो दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै यो दिवसको दिन सार्वजनिक बिदा दिन थालिएको हो । आज नेपाल सरकारले यो दिवसको दिन सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय