काठमाडौं । नेपालले आज वेष्ट इण्डिज ‘ए’ विरुद्धको ५ टी–२० श्रृंखलाअन्तर्गत तेस्रो खेल खेल्दैछ । यसअघि नेपाल र वेष्ट इण्डिजबीच शनिबार भएको पहिलो खेलमा वेष्ट इण्डिज ४ विकेटले पराजित भएको थियो भने आइतबार भएको अर्को दोस्रो खेलमा वेस्ट इण्डिजसँंग १० रनले पराजित हुन पुगेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेदेखि खेल सुरु हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेष्ट इण्डिजसँग श्रृंखला खेलिरहेको छ । श्रृंखलापछि आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोली अमेरिका जाँदैछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय