
काठमाडौं । वेष्टइण्डिजले तेस्रो टी–२० खेलमा घरेलु टोली नेपाललाई २ सय २८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनायो । वेष्टइण्डिजका फबिएन एलेन १९ रनमा आउट भए । किमो पल १३ रनमा नट आउट रहे । ओपनर जोनसन चार्ल्स ११९ रनमा नट आउट रहे । उनले ५५ बलमा शतक पूरा गरेका थिए । ६१ बलमा १३ चौका र ७ छक्कासहित उनले ११९ रन बनाएका हुन ।अर्का ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भए । आन्द्रे फ्लेचरले ५३ रन बनाए । नेपालका लागि स्पिनर सागर ढकालले १ र करण केसीले १ विकेट लिए । नेपालले जवाफी व्याटिङ गर्दैछ ।


