नेपालका वनहरुमा आगलागी हुनेक्रम जारी रहेको छ । अझै पानीपर्ने कुनै छाटकाट देखिएको छैन, डढेलोले मौषम प्रदुषण दिन प्रतीदिन बड्दै छ । यसै क्रममा उदयपुरमा आगलागीबाट १५ घर पूर्ण रूपमा क्षति भएको समाचार आएको छ। पहाडी गाउँपालिका लिमचुङबुङ ५ मा जङ्गलमा फैलिएको डढेलोले लिमचुङ ५ जाँतेमा २ दिनमा १५ घर, गोठ जलाएर ध्वस्त भएको स्थानीयलहरुले बताएका छन्।

एक साता यता निरन्तर जङ्गलमा लागेको डढेलोले मङ्गलबारसम्म स्थानीयको १५ घर, गोठ जलेर ध्वस्त भएको वडाध्यक्ष कविचन्द्र राईले जानकारी दिएकाछन्।
उनका अनुसार मङ्गलबार मात्र काटकबहादुर कार्की, वीरबहादुर कार्की, जितबहादुर थापाको घर, गोठ जलेर नष्ट भएको छ। त्यस्तै, लुख्रिमथुम्काका अमृत बहादुर तामाङ र लाटीटार जाँतेका नरबहादुर राईको घर पनी जलेर नष्ट भएका उनले बताए। यस्तै, हिम्माका मदन खड्का, मौलबहादुर बुढाथोकी र गोपाल कार्कीको घर जलेको छ। सोही डढेलो हिम्मा सिरान र टोड्केमुनी हुँदै सल्लेरी, कपासे, भौब्लुङ, धुकुर्थुम, लाटीटार, भार्के हुँदै लुख्रिमथुम्काबिझाईँ गर्न पुगेको वडाध्यक्ष राईले बताए।

आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय लिमचुङबुङ बाराहाको टोलीले स्थानीयहरूलाई साथ दिइरहेको छ। यसैबीच गाउँपालिकाले तत्कालीन राहत वितरण सुरु गरेको छ। गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत योगेन्द्रराज गुरुङले प्रारम्भिक राहत वितरण गरिएको बताए। उनका अनुसार उपाध्यक्ष राईको टोलीले क्षति पुगेका पीडितहरू प्रत्येक घरलाई एक बोरा चामल, दाल, नुन, तेल र एक थान त्रिपाल उपलब्ध गराइएको छ। गएको ८ गते घर, मतान र गोठ जलेका पीडित अशोक राई, बयानसिंह राई र कुमार राईलाई पनि सोही परिमाणको राहत दिइएको हाकिम गुरुङले बताए।

वैशाख ७ गते राति जाँतेकै हुरुङमा सामुदायिक वनमा लागेको डढेलोसिप्लीङ पाखा हुँदै चौलाने तरेर उनीहरूको घर, मतान र गोठ जलेको थियो। ९ गतेको हावाहुरीले आगो फैलिदा १० गते टोड्केस्थितमावि रसुवाजाँते, टोड्के बस्ती, चौतारे र तल्लो चौतारेका २५ घरधुरी जोखिममा परेका थिए। तर, स्थानीय प्रहरी, स्थानीय बासी, शिक्षक, विद्यार्थी र युवाहरूको राति अवेरसम्मको प्रयासले आगो नियन्त्रणमा आएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय