सिन्धुली-सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाडी स्थित पुरानो कमला हाईस्कुल अर्थात कमला माध्यामिक विधालय ढुंग्रेवासले पछिल्लो समयमा विधालयको अचल सम्पति घर-जग्गा ठेक्का भाडामा दिएपछि त्यस्ता घर जग्गामा गैह् कानूनी खालका व्यापार व्यवसाय संचालन हुन थालेका छन् । सो विधालयको कमलामाई नगरपालिका वडा नं ६ स्थित २ नम्बर बजारमा रहेको कित्ता नं ३३७,६-क को १६ दशमलव ५ मिटर मुख रहेको करीव ३ कठ्ठा १९ धुर क्षेत्रफलको जग्गा तथा त्यसमा बनेको काठको घर २ वर्षकालागि प्रति महिना रु १ लाखमा र वडा नं ६ धुराबजार स्थित किता नं ३१,६-ख को करिव ५ कठ्ठा १८ धुर एवं कित्ता नं ८५, ६-ख को करिव ६ कठठा १८ धुर जग्गा प्रतिमहिना रु ८५ हजारमा ठेक्कामा लगाउने गरी वैशाख १० गते सार्वजनिक सूचना जारी गरेको छ ।

यस अगावै पनि २ नम्बर बजारमा रहेको कित्ता नं ३३७,६-क को १६ दशमलव ५ मिटर मुख रहेको करीव ३ कठ्ठा १९ धुर क्षेत्रफलको जग्गा तथा त्यसमा बनेको काठको घरमा पुस्तक तथा स्टेशनी,खेलकुदका,सरसमान,स्कुलका पोशाक झोला जुता पसल मात्र संचालन नभै होटल तरकारी फलफुल पसल संचालन हुदै आएका थिए ।

विधमान शिक्षा ऐन कानुन र नियमावली अनुसार सामुदायिक विधालयहरुको नाममा रहेको जग्गाहरु भाडामा दिन,धितो राख्न र बेचबिखन गर्न रोक लगाएको अवस्थामा धेरै प्राज्ञहरु उत्पादन गरको कमला हाइस्कलले भने २ नम्बर बजारको घर जग्गा लामो समयदेखि ठेक्का प्रक्रियाबाट गैह् व्यवसाय पसल,होटल संचालन हुन थालेपछि स्थानीयले विरोध जनाउदै आएका छन् । यस सवालमा कमला हाईस्कलले भने ठेक्कामा लगाएको घर जग्गामा कुनैपनि गैह् व्वसाय गर्न नदिईने जनाएको छ ।यस कमला हाईस्कुलले सिन्धुलीमाडीको १ नम्बर र २ नम्बर बजारको मध्य भाग गहिरी वजारमा अवस्थित जग्गा गैह् कानूनी रुपमा विक्रि वितरण गर्दा ठुलो विवाद उत्पन्न भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय