काठमाडौं । बैशाख कृष्ण औंशीको दिन मातातीर्थ औंशी हो ।यस बर्ष  बैशाख २६ गते मातातीर्थ औशी परेको छ ।

मातातिर्थ औंशी अर्थात आफ्नी आमालाई सम्मान गर्ने र सम्झने दिन ।नेपाली परम्परा,संस्कृति र शास्त्रीय मान्यता अनुसार यो दिनलाई आमाप्रति श्रद्धा,भक्ति,सम्मान,र आदर गर्ने दिनको रुपमा लिइन्छ । यस दिन छोराछोरिले आमालाई राम्रा लुगा दिने मिष्ठान्न भोजन गराउने र आमाबाट आर्शीबाद लिने चलन छ । दिवंगत माताहरुका लागि भने काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको पबित्र स्थल मातातीर्थमा गई श्रद्धा भक्ति पुर्वक स्नान,श्राद्ध,दान गर्ने गरिन्छ । दिवंगत मातासंगको आत्मीयता प्रकटहुने संसारको एकमात्र पबित्र स्थान चन्द्रागिरि–६ को मातातीर्थनै हो । यसै सन्दर्भमा चन्द्रागिरि नगरपालिकाले मातातिर्थ औंशीका दिन २०८१ बैशाख २६ गते बुधबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मातातीर्थ औशी (आमाको मुख हेर्ने दिन) चन्द्रागिरि– ६ मा रहेको मातातीर्थ कुण्डमा विशेष मेला लाग्ने गर्दछ ।  मेला व्यबस्थित बनाउन मातातीर्थ संरक्षण तथा विकास समितिले सक्रियताका साथ बिभिन्न योजना,र आबश्यक तयारी गरिरहेको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय