काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनुहुने भएको छ ।

मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिनको लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाउनु भएको छ ।

चैत २५ गते मुख्यमन्त्री नियुक्त हुनु भएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार २४ गते भित्र विश्वासको मत लिइसक्नु पर्ने हुन्छ ।

अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने बताएपछि
एमालेका २२, माओवादीका ७ र राजीव गुरुङसहित ३० पुग्ने र सभामुखलाई अलग राख्दा ५९ सदस्यमध्ये ३० संख्यालाई सभामुखकै अप्रत्यक्ष समर्थनमा बहुमत घोषणा गर्ने गठबन्धनको अन्तिम तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय