ललितपुर । फ्रान्समा हुने ३३औँ गृष्मकालिन ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । पेरिसमा हुने ओलम्पिकको छनोट प्रतियोगिता मे १३ देखि १५ सम्म काठमाडौंमा हुने नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।

छनोट प्रतियोगितामा आयोजक नेपाल, माल्दिभ्स, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी ५ देशका खेलाडी सहभागी हुने छन् । ५ वटै देशबाट २–२ पुरुष र २–२ महिला गरी २० खेलाडीले भाग लिनेछन् । विजेता पुरुष १ र महिला १ खेलाडीले आगामी जुलाईमा फ्रान्समा हुने टेबल टेनिस प्रतियोगितामामा सहभागिता जनाउने छन् ।

नेपालबाट पुरुषतर्फ संयोग कपाली, सान्टु श्रेष्ठ तथा महिलामा नविता श्रेष्ठ र इभाना थापा मगरले खेल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय