काठमाडौं । धनुषाको शुभ श्री बचत तथा ऋण सहकारी ८० लाख रुपैयाँ सोमबार लुटिएको छ ।

जनकपुरको भानुचोकबाट रघुनाथपुर जाँदै गर्दा थुम्हौनानजिक मोटर साइकलमा आएका दुई जनाले रकम लुटेर फरार भएका हुन् ।सहकारीका कर्मचारीे वीरेन्द्र महतोले राष्ट्रिय सहकारी बैंकमा रहेको पैसा झिकेर सहकारीको कार्यालयतर्फ लैजादै गर्दा हतियारधारीले रकम लुटेका हुन । महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले पेस्तोल देखाएर जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय