
काठमाडौं । मातातीर्थ औंशीको अघिल्लो दिन मेला भर्न आउनेको संख्या बढ्न थालेको छ । आज साँझ मातातीर्थमा आमाको सम्झनामा रातभर बत्ति बाली जाग्राम बस्ने गरिन्छ । मध्यरात १२ बजेपछि आमाको नाममा श्राद्ध र तर्पण दिन सुरु गरिन्छ ।



औंशीको पूर्वसन्ध्यामा आमाको नाममा मातातीर्थमा विशेष आरती समेत गरिएको थियो । आरतीमा बागमती प्रदेशका मन्त्री, प्रदेश सांसद, मेयर, कार्यपालिका सदस्य, वडाअध्यक्ष, वडा सदस्य, भक्तजनलगायतको उपस्थिति रहेको थियो ।