काठमाडौं । आज मातातीर्थ औंशी । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औंशीका दिन यो पर्व मनाइन्छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित मातातीर्थमा देशैभरबाट मेला भर्न आउने भक्तजनको घुइँचो लागेको छ ।

आमा नहुनेहरु आजको दिन मातातीर्थमा आएर नुहाई आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उहाँले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय