मीठो र रसिलो आँप मन नपराउने सायदै कोहि होलान् । तर आँपलाई छिटो पकाउन र रसिलो बनाउन धेरै रसायनको प्रयोग गरिने कुरा बेलाबेलामा सार्वजनीक हुने समाचारमा सुनिन्छ । रसायन र कीटनाशकहरू स्वास्थ्यका लागि निक्कै हानिकारक हुन्छन् । त्यसैले रसायन प्रयोग गरेर पकाएको आँपले पनि स्वास्थ्यमा ठूलै असर गर्छ । यस्तो अवस्थामा आँप किन्दा केमिकलमुक्त आँपको पहिचान गर्नु जरुरी हुन्छ । किनभने रासायनिक तरिकाले पकाएको आँपमा क्याल्सियम कार्बाइड नामक रसायन हुन्छ । यसले पेट फुल्ने, पखाला लाग्ने र पेटमा ग्यास भरिने लगाएतका समस्या आउछ ।

विभिन्न अध्ययनका अनुसार रसायनको प्रयोग गरि पकाएको निक आँपको अत्यधिक सेवनले क्यान्सरको जोखिम समेत बढाउँछ । यी आँपमा भिटामिन र मिनरल्सको मात्रा समेतकम हुन सक्छ र यसमा हानिकारक विषाक्त पदार्थहरू उच्च मात्रामा पाइन्छ, जसले हृदयरोग, मधुमेह र मिर्गौला रोग निम्त्याउन सक्छ । कहिलेकाहीं कीटनाशकको कारण छालाको एलर्जीको जोखिम समेत हुन्छ ।

आँप भिटामिन सी, भिटामिन ए, भिटामिन ई, फोलेट, भिटामिन बी ६ का साथै कपर, म्याग्नेसियम जस्ता खनिजको राम्रो स्रोत हो । प्राकृतिक रूपमा पाकेको आँपको तुलनामा रासायनिक तरिकाले पकाएको आँपमा भिटामिन ए, भिटामिन सी र अन्य पोषक तत्त्वको मात्रा कम हुन्छ । यस्तोमा रसायन प्रयोग भएको आँप चिन्नका लागि केही सजिलो परीक्षण गर्न सकिन्छ ।

रंगद्वारा पहिचान

सामान्यतया धेरै आँपको आकर्षक रङ हेरेर त्यसको आधारमा आँप किन्ने गर्छन् । तर रङकै आधारमा त्यसमा रसायन प्रयोग भएको छ कि छैन भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ । आँप प्राकृतिक रूपमा पाकेको छ भने यसको रङ हल्का पहेंलो र हरियो हुन्छ । रसायनले पकाएको आँप भने धेरै गाढा पहेंलो रङको हुन्छ ।

दाग हुनसक्छ

आँपमा रहेको दागले पनि यसको रासायनिक मिसावट भएको संकेत दिन सक्छ । कतिपय आँपमा नीलो, कालो वा सेतो दागहरू देखिन सक्छ । यस्ता आँप किन्नु हुँदैन । केमिकलका कारण यस्तो दाग देखिएको हुन्छ ।

पानीमा डुबाएर जाँच्ने

घरमा साधारण परीक्षण गरेर केमिकल पत्ता लगाउन सकिन्छ । किनेर ल्याएको आँपलाई पानीले भरिएको बाल्टिनमा राख्नुहोस् । पानीमा डुबेको आँप प्राकृतिक रुपमा पाकेका हुन् । माथि तैरिने आँपहरू केमिकलले पकाएको हुनसक्छ ।

काटेर हेर्ने

आँप काट्दा गुदीको रङ एकै किसिमको पहेंलो भएमा प्राकृतिक रूपमा पाकेको हुन्छ । यदि आँपको छेउको भाग धेरै पहेंलो छ र बीचको भाग हल्का मात्र पहेंलो छ भने यो केमिकलको संकेत हो ।

बास्ना महत्त्वपूर्ण छ

रसायन प्रयोग भए नभएको पत्ता लगाउन आँपको सुगन्ध पनि धेरै महत्त्वपूर्ण छ । रसायनको प्रयोगबाट पाकेको आँपको बास्ना निकै कम हुन्छ र कुनैमा आँपमा त बास्ना नै हुँदैन । तर प्राकृतिक रूपमा पाकेको आँपको मीठो बास्ना हुन्छ ।

स्वाद फरक हुन्छ

रसायन हालेर पकाइएको आँप प्राकृतिक रुपमा पाकेकोको तुलनामा कम गुलियो र कम स्वादिष्ट हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय