काठमाडौँ – नेपालको ठूलो मध्येको एक विशाल ग्रुपको ५ वटा कम्पनी हाँकीरहेका भारतीय नागरिक अभिनव सिंघानिया विरुद्ध पनी पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँको नक्सालमा रहेको बाल मन्दिरको जग्गा अपचलन प्रकरणमा बिहीबार पक्राउ पुर्जी जारी भएका २० जनामध्ये सिंघानिया विशाल ग्रुपका उपल्लो पदका व्यक्ति हुन् । भारतको गुजरात घर भएका उनी पछिल्लो ५ वर्ष देखि नेपालमा रहँदै आएका छन । विशाल ग्रुपका सञ्चालकको टाढाको नातेदार दावी गरिएका उनी नेपालमा सो समूहको व्यापार फैलिएसँगै महत्वपूर्ण जिम्मेवारीसहित नेपाल प्रवेश गरेका व्यक्ति हुन ।

उनी ग्रुप अन्तर्गतको ५ वटा विभिन्न कम्पनीको प्रबन्ध निर्देशक समेत रहेकाछन् ।समाचारमा आएअनुसार उक्त समूहले सञ्चालन गरिरहेको फर्मा एक्स नेपाल प्रा.ली, फर्मा लाईफ नेपाल प्रा.लि, राय स्कुल, शुकल्प इन्टरनेश्नल र बृहस्पति विद्यासदन स्कुलको प्रबन्ध निर्देशक सिंघानिया नै हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय