काठमाडौं । बागमती प्रदेशका विनाविभागीय मन्त्री रमा आले मगर पदबाट राजीनामा दिने मुडमा पुग्नुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कुनै जिम्मेवारी नदिएपछि मन्त्री आले राजीनामा दिने मुडमा पुग्नुभएको हो ।

मन्त्री आलेले जम्कट्टेल नेतृत्वको सरकारले आफूलाई हेपेको भन्दै अबको केही दिनमै मन्त्री पदबाट राजीनामा दिने भनि पार्टी हाइकमाण्डसँगको छलफललाई तीब्रता दिनुभएको छ । २०८० साल चैत १९ गते बागमती प्रदेशको विनाविभागीय मन्त्रीको शपथ लिनुभएकी आलेमगर कुनै जिम्मेवारी नपाउँदा एक महिना देखि अलपत्र जस्तै परेकी छिन् । २०८० साल चैत १९ गते बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने शर्तमा मन्त्री बन्नु भएकी थिइन् । विना विभागीय मन्त्री आलेले पदीय जिम्मेवारी नपाएपछि अहिले आफ्नै क्षेत्रका सामान्य कार्यक्रमहरुको उद्घाटन र शिलान्यासमै दैनिकी विताई रहनुभएको छ ।

यसअघि मुख्यमन्त्री जम्कट्टेललाई बारम्बार धम्क्याउँदा पनि जिम्मेवारी नदिएपछि केही साता OURNEWSCREW.COM सँग आलेले आफूले छिट्टै निर्णय लिने बताउनु भयो थियो । केही दिन अघि मुख्यमन्त्री जम्कट्टेलले खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालय लिन आग्रह गरेको बताए पनि पूर्वसहमति अनुसार आफूलाई भौतिक पूर्वाधार मन्त्रालय नै दिनुपर्ने आलेको अडान छ ।

चालू आर्थिक वर्ष २०८०-०८१ मा बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेट २१ अर्ब ६८ करोड ३८ लाख ७८ हजार ५ सय रुपैयाँ छ । एकीकृत समाजवादीकी नेतृ रमा आले मगर काठमाडौं निर्वाचन क्षेत्र नम्बर १०(ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय