रुकुम – रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ। उक्त दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन्। जिल्लाको आठबिसकोट नगरपालिका–१४ छेपारेमा जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोख्रेलले दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको जानकारी दिए। उनका अनुसार ट्याक्टर सडकबाट डेढ सय मिटर तल खसेको छ भने दुर्घटनाको कारण र मृतकको पहिचान अझै खुल्न सकेको छैन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय